Logo

हरेक शुक्रबार विद्यार्थीहरूसँग बसेर सिक्ने गरेको छु : बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हरेक शुक्रवार बालबालिकासँग बस्न सुरु गरेको जनाएका छन् ।
काठमाडौं महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरेको जनाउँदै मेयर शाहले  ‘बुक फ्री फ्राइडे’ अभियान क्रमशः सफल हुँदै गएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘म काठमाडौं महानगरपालिकामा मेयरको रूपमा निर्वाचित भएदेखि नै शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौं । पछिल्लो समयमा हरेक शुक्रबार विद्यालयमा विद्यार्थीहरू सँगै बस्ने र सिक्ने गरेको छु।’ उनले फेसबुकमा भनेका छन्, ‘हिजो शुक्रबार बिहान काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो। शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीहरू सँगै बसेर सिक्न मौका पाएँ । साथै बुक फ्री फ्राइडे कार्यक्रममा विद्यार्थी र शिक्षकहरूको सहभागिताको बारेमा पनि बुझ्नु पाइएको थियो।’

काठमाडौं महानगरपालिकाका अनुसार शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेकट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन् । उक्त कार्यक्रममा प्रत्येक कक्षामा ३० जना विद्यार्थीहरू सहभागी छन् ।

बालेन

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार १४:४१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113