प्रियंका चोपडाकी बहिनी परिणीति आम आदमी पार्टीका यी नेतासँग प्रेममा, विवाहको तयारी शुरु-Sutra News

प्रियंका चोपडाकी बहिनी परिणीति आम आदमी पार्टीका यी नेतासँग प्रेममा, विवाहको तयारी शुरु

मंगलबार, २१ चैत्र २०७९

मंगलबार, २१ चैत्र २०७९

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री परिणिती चोपडा पछिल्लो समय निकै चर्चामा छिन् । परिणीति अहिले आम आदमी पार्टीका नेता राघव चड्ढा प्रेममा रहेकी छिन् ।



पछिल्लो केही दिनमा यी दुवै सँगै पनि देखिएका थिए । यी दुई मुम्बईमा लगातार दुई दिन लंच र डिनर डेटमा देखिए । अहिले यी दुईको विवाहको पनि चर्चा चलिरहेको छ ।

प्रियंका चोपडा पनि बिहेको खबरका बीच पुरै परिवारसँग मुम्बई आइपुगेकी छिन् । प्रियंका चोपडाले आफ्नी छोरी मालतीलाई मार्च ३१ मा पहिलो पटक भारत ल्याएकी छन् ।

उनले आफ्नी छोरीसँग एयरपोर्टमा उग्र पोज पनि दिएकी थिइन् । उनको साथमा उनका पति निक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट