Logo

प्रि-ओपन सेसन नेप्सेमा १.९४ अंकले वृद्धि



काठमाडौं, १९ चैत । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.९४ अंकले वृद्धिभइ १९१० विन्दुमा आएको छ ।

यससँगै २२ कम्पनीको एक हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख ३१ हजार ४३५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ११ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा वृद्धि भएको छ । एउटा कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ११:२८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113