Logo

उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ



सुर्खेत । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् ।बिरामी उद्धार देखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन । जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीहरु हेलिकाेप्टरमा हालिमुहाली हुँदै आएपछि पीडित अन्यायमा परेका छन भने राज्य माथी अार्थिक भार थपिन पुगेकाे छ ।

पर्यटकलाई उद्धार देखि सुत्केरी उद्धारसम्मका कामहरुमा हेलिकोप्टर लिदा कर्मचारीहरु घुम्न सोही हेलिकोप्टरमा जाँदा बढी महंगो हुने गरेको पीडितको भनाई छ । जनताले लगानीमा उडाएको हेलिकोप्टरमा कर्मचारीको रजाइँ हुदा हेलिकोप्टरको उडान समय बढी हुने गरेको छ ।

जती समय बढी खर्च भयो, उत्ती नै खर्च बढी आउने भएपछि आफूहरु मर्कामा परेको उपल्लो डोल्पा स्थित डोल्पोबुद्ध गाउँपालिका –३ का खाम्पा छुल्डीम गुरुङले बताए । उपल्लो डोल्पाको डोल्पोबुद्ध, शे फोक्सुण्डोमा हलिकोप्टर उडाउन शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले दिने गर्दछ । छार्काताङसोङ , ठुलिभेरी ,त्रिपुरासुन्दरी लगाएतका क्षेत्रमा हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालयले दिने गर्दछ ।

निकुन्ज एरिया भित्र हेलिकोप्टर उडाउदा निकुन्ज भित्रको सेनालाई लिएर उडान भर्नुपर्ने भए पनि त्यसमा समेत अन्य कर्मचारी कै हालिमुहाली हुने गरेको छ । बिपद तथा समस्यामा परेका सर्वसाधारणले लिने हेलिकोप्टरमा कर्मचारीले घुम्न खोज्दा खर्चसमेत बढी आउदा स्थानीयबासीहरु आर्थिक मारमा परेका छन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आफूसम्म केही गुनासो आएको बताए । अब आउने हेलिकोप्टरमा आफूले समन्वय गरेर कसैलाई पनि मर्का नपर्ने गरी काम गर्ने बताए ।

यत्ता निकुन्जका प्रमुख लालबहादुर भण्डारीले निकुन्जले कुनै असहयोग नगरेको बताए । निकुन्ज क्षेत्र भित्र हेलिकोप्टर लिदा सुरक्षाकर्मी लिनुपर्ने भएपनि अहिलेसम्म त्यो काम भने हुन नसकेको उनकाे भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ११:०८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113