Logo

नेपालमा एकै दिन थपिए १४२ कोरोना संक्रमित



काठमाडौं, १७ चैत-नेपालमा एकै दिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७९ को नमुना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण देखिएको छ । आरटी पीसीआर विधिबाट ३८१ र एन्टिजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकामा १४२ जना संक्रमित भेटिएका हुन् । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणका आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले बताएको छ । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १७:२७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113