Logo

बाग्लुङका लोकनाथको कलेजो प्रत्यारोपणको तयारी अन्तिम चरणमा, आर्थिक सहयोगको अपिल



काठमाडौं । बाग्लुङका ५२ वर्षका लोकनाथ पौडेलको कलेजोमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि भारत ललिएको छ । काठमाडौँका विनायक, बिएण्डबी र वीर अस्पतालमा १ महिनादेखि उपचाररत पौडेलको कलेजोमा गम्भीर समस्या (लिभर सिरोसिस) देखिएको र अन्तिम उपाय भनेको प्रत्यारोपण नै भएकाले यसको नेपालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको म्याक्स सुपर इस्पेसालिटी हस्पिटलमा भर्ना गरेर कलेजो प्रत्यारोपणको प्रकृया सुरु गरिएको भएता पनि कागजी प्रकृया झन्जटिलो भएका कारण उपचारमा ढिला भइरहेको गुनासो पौडेलका छोरा अजयले बताए ।

गत साता बुबाको थप उपचारका लागि भारत हानिएका अजयले नेपालमा सबै कागजी प्रकृया पुरा गरेर त्यस तर्फ गएको भएता पनि थप प्रकृया अगाडी बढाउनुपर्ने भएकाले एम्बेस्सी धाइरहेको बताए ।

शरीरका विभिन्न अंगहरु सुनिने, निरन्तरको थकाई महशुस र अनुहार क्रमिक रुपमा कालो हुँदै गएपछि उपचारका लागि पोखराको मेडिप्लस अस्पतालमा पुगेका पौडेलले पहिलो पटक आफ्नो कलेजोमा गम्भीर समस्या भएको त्यहीँ थाहा पाए । त्यसपछि तत्कालै काठमाडौँ आएर थप उपचार सुरु गरेका पौडेललाई मेडिप्लस, विनायक, बिएण्डबीमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा रिफर गरिएको छ । जसका लागि ठूलो रकम लाग्ने भएकाले परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

पछिल्लो २ महिनाको नियमित उपचारका क्रममा ठूलो रकम खर्च भइसकेकाले र परिवारको आर्थिक अवस्था पनि कमजोर बन्दै गएका कारण आर्थिक सहयोगका लागि अपिल गरिएको अजयले बताए । अजयका अनुसार भारतमा उपचार गर्दा न्युनतम ५० लाख र भइपरी आउने समस्यामा त्यो भन्दा माथिको लागत लाग्न सक्नेछ ।

लोकनाथ पौडेल बचाउ अभियानमा सहभागी हुन चाहनेले ग्लोबल आईएई बैँक, नारायणगढ शाखा (अजय पौडेल, खाता नम्बर ३७५०७०१००००३०५) अथवा (ईसेवा, खल्ती र आइएमई वालेटको नम्बर ९८४३६०६७२९ अजय पौडेल ) मा आर्थिक सहयोग गर्न सकिने अजय पाैडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १८:०९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter