Logo

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं, २ चैत । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलिय पदार्थको मूल्य घटाएर सूची पठाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।

सोही सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्ने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । जसअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको छ ।

पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको रहेका बेला भारतमा घटेर आएको हो । खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने वा यथावत राख्ने भन्ने निर्णय लिनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १७:०८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter