Logo

कुशल भुर्तेलको अर्धशतक



काठमाडौं, २ चैत । काठमाडौं, २ चैत । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । नेपालले १६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९८ रनन जोडेको छ । रोहित पौडेलले १६ र कुशल मल्लले ५ रन जोडेर आउट हुँदा आशिफ शेख शून्य रनमै बाहिरिए । भीम सार्की र कुशल भुर्तेलले ब्याटिङमा छन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १५:२३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter