Logo

नेपाललाई चौथो सफलता



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाल र पाहुना टोली यूएईबीच भइरहेको हो ।

लिगको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन् । यूएईले टस जितेर ब्याटिङ गरेको छ । खेलमा अहिले युएईको अर्को विकेट गुमेको छ । दीपेन्द्र सिंह ऐरीको बलमा ठूलो शट खेल्ने चक्करमा यूएईका आयन खान लङ अनतर्फ बाउन्ड्रिमा क्याचआउट भए ।

गुल्सनले क्याच लिएका हुन् ।त्यसअघि भिम सार्कीको थ्रोमा आशिफले रन आउटको रुपमा तेस्रो विकेटको पतन गराउन सफल भएका थिए । युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए। यसअघि सन्दीप र ललितनारायणले विकेट लिएका थिए।

यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १२:०७

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter