Logo

कुष्ठरोग नियन्त्रणमा चुनौती, विभेदकारी कानुन हटाउनुपर्ने माग



काठमाडौं, २९ फागुन । सरकारले कुष्ठरोग उन्मुलनको घोषणा गरे पनि नियन्त्रणमा भने चुनौती देखिएको छ । कुष्ठरोग स्वास्थ्य समस्यासँगै सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि विभेदकारी कानुन संशोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

२५औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा एशोसिएसन फर आईडिया नेपालले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरुले कुष्ठरोग निवारणका लागि राज्यका सबै तह र तप्का संवेदनशील भएर आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।

करिब तीन लाख सक्रिय संक्रमित कुष्ठरोगी रहेका र वार्षिक तीज हजार ५०० सम्म कुष्ठरोगी थपिने गरेको कार्यक्रममा जानकारी दिइयो । सन् २०१० मै नेपाललाई कुष्ठरोगमुक्त राष्ट्रको घोषणा गरिएको थियो । तर, १३ वर्षघि कुष्ठरोग उन्मुलन राष्ट्रको घोषणा गरिए पनि अझै वार्षिक ३५ सयसम्म संक्रमित थपिँदा निवारणमा चुनौती थपिएको सरोकारवालाको भनाइ छ ।

देवानी संहिता २०७४मा कुष्ठरोगसम्बन्धी केही कानुनी व्यवस्था संविधानको मर्मविपरीत रहेकोले यसलाई संशोधन गर्नुपर्नेमा कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले जोड दिए । विवाहपछि कुष्ठरोग लागेमा सम्बन्धविच्छेद गर्न पाउने विद्यमान कानुनी व्यवस्थाले कुष्ठरोगीलाई विभेद गरेको भन्दै उनले कुष्ठरोगीलाई पारिवारिकमैत्री हुने गरी कानुन बनाउनुपर्ने र यसमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए ।

लेप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले पनि कुष्ठरोगीप्रति विभेदकारी कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोगी स्वास्थ्य समस्यासँगै सामाजिक समस्या पनि रहेकाले कानुन संशोधन गरेर रोगीमैत्री बनाउनुपर्नेमा उनको भनाइ छ ।

आईडिया इन्टरनेसनलका ग्लाेबल नेटवर्क काेर्डिनेटर अमर तिमल्सिनाले कुष्ठरोगसम्बन्धी कानुनले विभेद गरेकाले यसलाई सम्बोधन गर्नुको विकल्प नरहेको बताए । विनाभेदभाव समाजमा जीवनयापन गर्नपाउनु पर्नेमा नैसर्गिग अधिकार भए पनि विद्यमान कानुनले विभेद गरेको भन्दै उनले यसलाई हटाएर समानतासहित रोगी सम्मानजनक बाँच्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

एशोसिएसन फर आईडिया नेपालका अध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ छाला रोगविज्ञ डा. रवीन्द्र बास्कोटा, सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका बलराम नेउपाने, समाजसेवी पिमा घर्तीमगर, श्रीलंकाका रेभ तथा भारतका रामवराही साहसहितलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:४१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter