Logo

विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा



ताप्लेजुङ, २१ फागुन । विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफनै गृह  जिल्लाकाे आँखा शिबिरमा पुगेका छन् ।

गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अवार्ड ग्रहण गरे पछि पहिलो पटक उनी गृह जिल्ला आइपुगेका हुन ।

शनिबारदेखि आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला नि:शुल्क आँखा शिविरमा ब्यस्त छन्  । आइतबारसम्म जारी रहने आँखा शिविरमा बिरामीहरुको आँखाको शल्यक्रियासमेत गरिरहेका हुन् ।

उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्नेछ।

सो अभियानका अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको नि:शुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका हुन् । यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेर ताप्लेजुङ आएका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १५:२१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter