Logo

राष्ट्रपति निर्वाचन : प्रचण्ड निर्णायक, को बन्लान् राष्ट्रपति ?



काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु दिनरात नभनि छलफलमा लागिरहेका छन् । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि अझै राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन सकिरहेका छैनन् । गएको पुस १० गते एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस समय एमालेलाई राष्ट्रपति बनाउने मौखिक समझदारी भए पनि अहिले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमति हुनुपर्ने अडान लिइरहेका छन् ।

सरकार गठनका बेला निर्णायक भएको माओवादी केन्द्र अहिले राष्ट्रपति निर्वाचनमा पनि निर्णायक देखिएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमाले माओवादी केन्द्रलाई फकाएर राष्ट्रपति आफैलाई पार्ने प्रयासमा देखिएका छन् । प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने पूर्ण विश्वासमा छ ।

यता नेकपा एमाले पनि सरकार गठनका बेला भएको सहमति प्रधानमन्त्री प्रचण्डले पालना गर्ने पर्ने कुरामा छ । त्यति मात्र होइन अहिले प्रधानमन्त्री प्रचण्डले सहमतिय राष्ट्रपतिको प्रसङ्ग उठाइरहदा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि राष्ट्रपति पाउने आशामा दौडधुपमा छ । मंगलबार भावी राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरको प्रस्ताव राखेर लोसपाका नेताहरु बालुवाटार पुगेका थिए ।

लोसपाका नेताहरुले अहिलेका लागि उपयुक्त पात्र ठाकुर हो नै रहेको भन्दै प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्डले सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरु बिच छलफल चलिरहेको र निष्कर्ष ननिस्किएको जवाफ दिएका थिए । लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन एमालेका अध्यक्ष ओलीसँग पनि छलफल गरिसकेको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३ सय ३२ सदस्य र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्नेछन् । अहिलेको अवस्था हेर्दा राष्ट्रपतिमा निर्वाचनमा सत्ता गठबन्धनको मतभार पुग्ने देखिन्छ ।

एमाले र माओवादी केन्द्र एक ठाउँमा उभिँएर राप्रपा र रास्वपाले समर्थन गरे सत्ता गठबन्धनबाट उठेको उम्मेदवारले बहुमत पाउने पक्का देखिन्छ । यदि कांग्रेस र माओवादी मिलेर एकीकृत समाजवादीले समर्थन गरे पनि बहुमत पुग्नेछ । यदि एमालेले उम्मेदवार उठाएमा पनि एकीकृत समाजवादी पार्टी, जसपा, राप्रपा, रास्वपा, जनमत पार्टी लगायतका साना दलको पनि साथ चाहिन्छ ।

अहिलेको अवस्थामा माओवादीले जसलाई दिन्छ उसैको बहुमत पुग्ने देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाइसकेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १०:४८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter