Logo

‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्रीले कांग्रेसलाई कन्भिन्स गर्न सक्ने’



नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता गठबन्धनको सहमतिमा नै नेकपा एमालेका उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।

शनिबार प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसैमा राष्ट्रिय सहमति हुने बताएका हुन् । ज्ञवालीले एमालेले सारेको उम्मेदवारलाई राष्ट्रिय सहमति प्रदान गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने उनको भनाई छ ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा कांग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको आरोप उनले लगाए ।

यद्यपी नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने जनाउँदै फागुन २८ अगावै निर्वाचन हुनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १३:२५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter