Logo

जुम्ला धावन मार्गको हिउँ पञ्छाए पछि हवाई सेवा सुचारु



जुम्ला – जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ  पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ ।लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । विहिवार विहानै देखी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन् । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार  हिउँसफा सँगै हवाईसेवा सुचारु भएको हो । उनका अनुसार जहाँज आएपछि तिन दिनदेखी थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन् । विहीवार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।

त्यस्तै धावन मार्गमा हिउँ जमेपछि विहानै देखी नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो । नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तिन दिन देखी हिउँ परेर नेपालगंजमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १३:०९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter