Logo

हिजो ७०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । बिहीबार ७०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ह्वात्तै  घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कायम भएको छ  । अघिल्लो दिन तेजाबी सुनको मूल्य १ लाख ६हजार ४०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । बिहीबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १२:१४

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter