Logo

राष्ट्रपतिको भाग आँफुले पाउने आशामा संसदको ठूलो दल कांग्रेस



काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा राजनीतिक दलहरु राष्ट्रपति निर्वाचनको लागि तात्तिरहेका छन् । प्रमुख विपक्षी दलको मान्यता पाएको नेपाली कांग्रेस पनि राष्ट्रपति पाउने आशामा लागिपरेको छ । सत्ता गठबन्धनका दलहरु भने राष्ट्रपतिको विषयमा कसैले आश नगर्न भन्दै आइरहेका छन् । कांग्रेसले भने राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरिसकेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकमा कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि सभामुख र उपसभामुखमा पराजित भएपनि अझै कांग्रेसले आश नमारेको देखिन्छ ।

सत्ता गठबन्धन दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिमा कुनै आश नगर्न र यसमा सत्ता गठबन्धन दलहरुले सहयोग नगर्ने बताइसकेका छन् । विश्वासको मत दिएकै आधारमा कुनै पदको बार्गेनिङ खोजिएको हो भने त्यो आश मात्र हुने अध्यक्ष ओलीले संसदबाटै बताएका थिए ।

कांग्रेस भने झै पनि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहयोग गर्ने आशमा रहेको छ । राष्ट्रपति निर्वाचनमा उम्मेदवार उठाउने भनेको कांग्रेसले निर्णयक प्रचण्डलाई नै मानेको छ । कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले प्रचण्डले सहयोग गर्ने आश गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिका विषयमा अहिलेसम्म केही बोलेका छैनन् । विश्वासको मत दिनुअघि प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाबीच राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने बारे आन्तरिक सहमति भएको नेताहरुले दाबी गरिरहेका छन् । यही आशमा कांग्रेसले अहिले राष्ट्रपतिमा उम्मेदवार उठाउने निर्णय गरेको बताइएको छ ।

यता, निर्वाचन आयोग भने २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी गरेको छ । राष्ट्रपति निर्वाचनको बिषयमा आयोगले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको बताइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार राष्ट्रपति निर्वाचन २५ फागुनमा गर्नेगरी आयोगले तयारी गरेको र प्रधानमन्त्रीले पनि सोही मितिमा निर्वाचन गर्ने गरी तयारी गर्न सुझाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १०:३८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter