Logo

१ स्वर्ण र २ कांस्य पदक जितेर स्वदेश फर्कियो एथलेटिक्स टोली



काठमाडौं।  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भइ नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो ।

दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् । पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जितेकी थिइन् । सन् २०२२ मा भने पुष्पा कास्यमा सीमित भएकी थिइन् । नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पारिन् । गोपीचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जिते ।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, ओलम्पियन प्रमिला रिजाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १५:३४

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter