Logo

त्रिभुवन विश्वविद्यालयबाट १० हजार विद्यार्थी दीक्षित हुँदै



देशकै ठूलो जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४८औं दीक्षान्त समारोहमा साढे १० लाख विद्यार्थी दीक्षित हुँदै छन् । ललितपुरस्थित पुल्चोक क्याम्पस खेल मैदानमा भोलि शुक्रबार त्रिविले ४८औं दीक्षान्त समारोह मनाउँदै छ समारोहमा १० हजार ३ सय ९२ विद्यार्थी दीक्षित हुनेछन् ।

दीक्षान्त मूलसमारोह समिति सदस्यसचिव साधुराम अर्यालका अनुसार १ असार २०७८ देखि २०७९ जेठ मसान्तभित्रसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका विद्यार्थीले समारोहमा भाग लिन पाउनेछन् । उनका अनुसार १० हजार ३ सय ९२ विद्यार्थीले सहभागिता जनाउने छन् ।

१ असार २०७८ देखि २०७९ जेठ मसान्तसम्म ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका छन् तर दीक्षान्त समारोहमा सहभागिताका लागि १० हजार ३ सय ९२ जनाले मात्र आवेदन दिएका हुन् ।

समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१, स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित विद्यार्थीका एक अभिभावक समारोहमा सहभागी पाउने त्रिविले जनाएको छ ।

स्नातकतर्फ ३ हजार ७ सय, स्नातकोत्तर तह र एमफिल दुवैमा ४ हजार २ सय तथा विद्यावारीधिमा ४ हजार ७ सय शुल्क लाग्ने छ । यसका लागि समयावधि तोकेको त्रिविले शुल्क बुझाएपछि ‘गाउन’ उपलब्ध गराउने गर्छ ।

समारोहमा त्रिवि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सहभागी हुँदै छन् ।

समारोह समिति सदस्यसचिव साधुराम अर्यालले ‘प्रमुख अतिथि’का रूपमा भारतको सेन्टर युनिभरसिटी अफ पञ्जावका पूर्वउपकुलपति राघवेन्द्र पी तिवारीलाई निमन्त्रण गरिएको जानकारी दिए ।

एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिने समारोहमा दीक्षित विद्यार्थीलाई गत १५ देखि २२ मंसिरसम्म गाउन÷स्काफ वितरण तालिका सार्वजनिक गरिएको थियो ।

त्रिविका अनुसार समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन÷स्कार्फ टोपी लगाउनुपर्नेछ । राजधानी दैनिक

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ०८:३९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter