काठमाडौँ । नागरिक आन्दोलनले काठमाडौँ महानगरको कामप्रति आपत्ति जनाएको छ ।
डोजरसहित सुकुम्वासी बस्तीमा महानगर प्रहरी पुगेपछि आज मंगलबार साँझ विज्ञप्ति निकालेर नागरिक आन्दोलनले काठमाडौं महानगरपालिकाको उक्त कार्यको भर्त्सनासमेत गरेको छ ।
डोजर लिएर सुकुम्वासी बस्ती पुग्ने घटना अलोकतान्त्रिक, अमानवीय र अन्यायी कदम भएको नागरिक आन्दोलनको ठहर छ ।
बस्तीका बालबालिका, अशक्त, वृद्धवृद्धा र किरिया बसिरहेका नागरिकहरुलाई समेत बेवास्ता गरी बस्ती भत्काउन खोजिएको जनाउँदै नागरिक आन्दोलनले बस्तीका नागरिकहरु राज्यविहीनताको स्थितिमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया