Logo

माधव नेपालको निर्देशन- निर्वाचनको विस्तृत समीक्षा मलाई पठाउनु



नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले समसामयिक विषयमा छलफलका साथै समाजवादलाई अवको राजनीतिक कार्यदिशा बनाउने तथा पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेकोबारेमा जानकारी गराइएको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकले यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित सबै सदस्यलाई बधाई ज्ञापन गरेको छ । बैठकले निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल र निर्वाचनमा खटिएका सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार २१:२५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter