काठमाडौं– थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर लिएर पुगेका काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेको झडपमा टाउको फुटेको छ।
सोमबार डोजरसहित बागमती किनारमा रहेको बस्तीमा पुगेका पाण्डेलाई खुँडा खुकुरी लिएर प्रतिरोधमा उत्रिएका सुकुम्बासीले ढुंगा प्रहार गर्दा पाण्डेको टाउको फुटेको हो।
उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित प्रदर्शन मात्र गरेका छैनन्, टायर बालेर बिरोध गरेका छन्। महानगर प्रमुख बालेन्द्र साह (बालेन)विरुद्ध चर्को नाराबाजी पनि गरेका छन्।
प्रतिक्रिया