Logo

मोरङ–५ (२) मा कांग्रेसका अर्याल विजयी



मोरङ–५ (२) बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी हुनुभएको छ । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो ।

उहाँका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार दुई सय ४८ मत प्राप्त गर्नुभएको छ । मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार आठ २० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डलले  १७ हजार चार सय ८६ र जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले १७ हजार तीन सय ९० मत प्राप्त गर्नुभएको थियो ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १९:४६


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113