Logo

विश्वकपमा स्विट्जरल्याण्डसँग क्यामरुन १-० ले पराजित



विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो ।

खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा निर्णायक बन्यो । गोल गर्दै इम्बोलेले टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाएका हुन् ।

उनले विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए । जितसँगै समूह जी मा रहेको स्विट्जरल्याण्डको अघिल्लो यात्रा सहज बनेको छ । यो समूहमा यी दुई टोलिसँगै ब्राजिल र सर्विया छन् । ब्राजिललाई बलियो टोलीको रुपमा हेरिएको छ । ब्राजिलले पहिलो खेलमा शुक्रबार राति सर्वियासँग खेल्दैछ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १९:२२

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट