Logo

लुकामारी गर्दै अघि बढे बोहरा, गृहमन्त्री खाँण फेरि पछि परे



काठमाडौं– प्रतिनिधि सभा तर्फ रुपन्देही–३ को मतगणनाको परिणाम रोचक बन्न थालेको छ। सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई राप्रपाका उम्मेदवार दीपक बोहराले पछाडि पारेका छन्।

बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्। उनीहरूबीच २३१ मतान्तर छ।

यसअघि गृहमन्त्री खाँणले बोहरालाई उछिनेका थिए। चुनावी नतिजा विहीबार राती या शुक्रबार विहानसम्म आउने आँकलन गरिएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:४३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट