Logo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको दोस्रो जीत, कांग्रेसका सिटौला कति मतले पराजित भए?



काठमाडौं– प्रतिनिधि सभा तर्फको झापा–३ मा भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरेका छन्।

बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए।

लिङ्देनले सिटौलालाई ३ हजार २७६ मतले पराजित गरेका हुन्। ०७४ को निर्वाचनमा पनि लिङ्देनसँग सिटौला पराजित भएका थिए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:३१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट