Logo

चितवन–२ मा प्रलयकारी मतान्तरका साथ रास्वपा सभापति रवि लमिछाने बिजयी



काठमाडौं– प्रतिनिधि सभातर्फ चितवन–२ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका छन्।

विहीबार विहान सम्पन्न मतगणनामा लामिछानेले ४९ हजार २६१ मत पाएका छन्। उनका प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री तथा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र ल्याएका छन्।

तेस्रोमा भने नेकपा एमालेका कृष्णभक्त पोखरेल पुगेका छन्। उनले १४ हजार ६४९ मत ल्याएका छन्। लामिछानेले श्रेष्ठसँग प्रलयकारी ३४ हजार १६२ फराकिलो मतान्तर कायम गरे। दोस्रो र तेस्रो हुनेको मत जोड्दा पनि लामिछानेले कायम गरेको मतान्तर धेरै हुन आउँछ।

यो मतान्तर झापा–५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कायम गरेको भन्दा झन्डै ६ हजार बढी हो।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:५१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट