Logo

माओवादीलाई गठबन्धन बन्यो किलकिलेको काँडो, यी हुन् अग्रता लिन नसक्ने ३३ उम्मेदवार



काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको नेकपा माओवादीलाई नोक्सान हुने देखिएको छ।

गठबन्धनको फाइदा नेपाली कांग्रेसलाई भएको छ भने माओवादी र नेकपा एकीकृत समाजवादीलाई पनि किलकिलेको काँडो बनेको छ।

माओवादीका ४५ उम्मेदवार मध्य १२ जनाले मात्र अग्रता लिएका छन्। अन्य ३३ जना भने अग्रता लिन चुकेका छन्।

प्रतिनिधिसभामा कांग्रेससँग मिलेर उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले अपेक्षाकृत नतिजा ल्याउन नसक्ने प्रारम्भिक मतगणनाले संकेत गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट अग्रता लिए पनि चितवन ३ बाट माओवादी उम्मेदवार डा. भोजराज अधिकारीले अग्रता दिन सकेका छैनन् ।

अर्थमन्त्री जनार्दन शर्माको क्षेत्रबाट मतगणनाको प्रारम्भिक विवरण आएको छैन।

प्रचण्डसँगै जाजरकोटबाट शक्ति बस्नेत, महोत्तरी–१ मा गिरीराजमणि पोखरेल, मोरङ–४ मा अमनलाल मोदी, सिन्धुली–२ मा लेखनाथ दाहाल, रोल्पामा वर्षमान पुन, बाग्लुङ–२ मा देवेन्द्र पौडेल, दाङ–२ मा रेखा शर्मा, खोटाङमा रामकुमार राई, भोजपुरमा सुदन किराती, सर्लाही–१ मा महिन्द्र राय यादव र रुकुमु पश्चिममा पूर्णबहादुर घर्तीमगरले मात्र अग्रता लिएका छन्।

तर, ललितपुर–३ मा पम्फा भुसाल, लमजुङमा महासचिव देव गुरुङ, धनुषा–१ मा मात्रीका यादव, झापा–२ मा हरिकुमार राना, ताप्लेजुङमा खेलप्रसाद बुढाथोकीले अग्रता लिन सकेका छैनन्।

मोरङ–५ मा शिवकुमार मण्डल, सुनसरी–१ मा मुक्साहाङ मेन्याङबो, बारा–२ मा शिवचन्द्र कुशवाह, रौतहट–३ मा रविन्द्र पटेल, सर्लाही–३ मा नरेन्द्र प्रसाद कलबार पनि पछाडि छन्।

सिरहा–३मा विश्वनाथ साह, काठमाडौं–२ मा ओनसरी घर्ती, काठमाडौं–३ मा बद्री बजगाई, काठमाडौं–७ मा मानुषी यमी भट्टराई, काठमाडौं–९ मा कल्पना धमला, काठमाडौं–१० मा अञ्जना बिसंखे पछाडि छन्।

माओवादीमा प्रभाव राख्ने भनिएका काभ्रे–१ मा सूर्यमान दोङ, चितवन–३ मा भोजराज अधिकारी, दोलखामा गंगा कार्की, नुवाकोटमा हितबहादुर तामाङले पनि अग्रता लिन सकेका छैनन्।

यता, भक्तपुर–१ मा सुनील गोठे, सिन्धुपाल्चोक–१ मा माधव सापकोटा, कास्की–३ मा रामजीप्रसाद दाहाल, कपिलबस्तु–१ मा चक्रपाणि खनाल, बर्दिया–२ मा सुरेश पन्त, बाँके–१ मा महेश्वर गहतराज, कालीकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवरले अग्रता लिन सकेनन्।

यस्तै, रुकुम पश्चिममा जनार्दन शर्माको विवरण आएको छैन भने हुम्लामा छिरिङ लामा, कञ्चनपुरमा प्रचण्डकी बुहारी बिना मगर, कैलाली–२ मा भगतबहादुर बडुवाल र कैलाली–३ मा कृष्णबहादुर चौधरीले अग्रता कायम गर्न सकेनन्।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १६:०२

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट