Logo

थाहा पाउनुहोस् विदेशी मुद्राको आजको विनिमयदर



काठमाडौं – नेपाल राष्ट्र बैंकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ ।  सोमबारको तुलनामा आज अमेरिकी डलर ७५ पैसाले घटेको हो ।

आज युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा कायम भएको छ । सोमबार युरोपियन युरोको  खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा थियो । अष्ट्रेलियन डलर खरिदमा पनि ५४ पैसाले घटेर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले  जनाएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा छ भने सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १०:१५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट