Logo

आम चुनाव–२०७९ः उठो मधेसी , जागो युवा



भोट मागिरहेका उमेदवारहरुले बुझ्न जरुरी छ कि ५४ लाख ४ हजार चानचुन जनसंख्या रहेको मधेस प्रदेशमा गरिबी २८ प्रतिशत छ। ४१ प्रतिशत साक्षर छन् भने अझै पनि बिधुतको पहुँच ५९ प्रतिशत मात्र छ। खानेपानीको पहुँच ९२ प्रतिशतमा पुगेको देखिन्छ। यि तथ्याकंहरुले यसअघि जितेका सांसदहरुलाई गिज्याईरहेको छ ।

अन्यत्र झैँ मधेस प्रदेशमा पनि यतिबेला आम चुनावको रौनक बढेको छ । आफ्ना उमेदवार जिताउन राजनीतिक दलका नेताकार्यकर्ताबिच रस्साकस्सि चलेको छ । आआफ्ना दलका चुनावी घोषणापत्र बोकेर मतदाताका घरदैलो चहारिरहेका उमेदवारहरुको लर्को यतिबेला मधेसका ग्रामिण भेगहरुमा हेर्न लायक छ । केन्द्रीकृत राज्य व्यवस्थाको शौतेनी व्यवहारले मधेस पिछडिएको यथार्थलाई भजाएर प्रदेश र सघिंय सरकारको मन्त्रि बनेर तर मारेकाहरुको दौडधुप अचाक्ली बढेको छ । चुनाव प्रचारमा हुलहुलका सवारीहरु मधेसका ग्राबेल सडकहरुमा धुलो उडाउँदै दौडिरहेकाछन् ।

तर, मधेसको बास्तबिक समस्या बुझेरपनी बुझ पचाईरहेका उमेदवारहरु मतदाताहरुको मन जित्न सकिरहेका छैनन् । खासमा मधेसका युवा जमात उमेदवारहरुको चुनावी प्रहशन हेरेर दर्शकदीर्घबाट खिसिटिउरी गरिरहेका छन् । विकृत राजनीतिले मधेसको समस्या समाधान नहुने उनिहरुको तर्क छ । नयाँ राजनीतिक दलका उमेदवारप्रती पनि उनिहरुको अबिश्वास छ । पटकपटक धोका भएको भन्दै मधेसका युवा नयाँ उमेदवारतिर इंगित गर्दै भन्ने गर्छन् , जुन जोगि आएपनि कानै चिरेको ।

उमेदवारलाई प्रश्नको ओईरो

विकासका पर्याप्त पूर्वाधार र प्रचुर सम्भावना हुँदाहुँदै पनि मधेस प्रदेश अन्य प्रदेशभन्दा किन पछाडी पर्यो ? किसानका समस्या किन जस्ताको त्यस्तै ? बेरोजगारी किन बढ्यो ? बैदेशिक रोजगारीकमा जानेको सँख्या घट्नुको साटो किन बढ्यो ? नागरिकताको समस्या समाधान किन भएन ? यावत बिषयहरुमा निचोडमा पुग्नेगरि उमेदवार र मतदाताबिच बहस र छलफल हुन किन सकिरहेको छैन ? विगत भन्छ ,जनताबाट चुनिएर सांसद हुँदै मन्त्रि बनेका र स्थानिय तहको सत्तासञ्चालन गरेका जनप्रतिनिधि मधेस प्रदेश पछाडि परेको बिषयमा खासै गम्भिर भएनन्। राजनीतिक दल, त्यसमा पनि मधेसलाई भुगोल बनाएर राजनीति गरिरहेका मधेसवादी दलहरुले प्नि चासो दिएनन् ।

मधेस किन पिछडियो भनेर बहस गर्नुअघि मधेसमा रहेका सम्भावना बारे चर्चा गर्न जरुरी छ। तिब्र आर्थिक विकासका लागि प्रशस्त उद्योग खोलिनु पर्छ र खोलिएका उद्योगले फस्टाउने अवसर पाउनु पर्छ। उद्योग ,कल–कारखनाका लागि मधेस उर्बरभूमी हो, राज्यले मात्रै सबैले यो यथार्थ नबुझेको पनि होईन ।

सरकारले औपचारिक रूपमा औधोगिक करिडोर घोषणा नगर्दै मुलुकको सबैभन्दा ठूलो बारा–पर्सा औधोगिक करिडोर मधेसमा थियो ।करिडोरमा ठूलासाना गरि १२ सय उद्योग सञ्चालनमा छन् अनि यहाँ १ लाख बढिले रोजगारी पाएका छन्। तर दुःखको कुरा, मधेस आन्दोलनको नाममा विभिन्न कालखण्डमा हुँदै आएका बन्द, हड्ताल र नाकाबन्दीले यहाँका उद्योग फस्टाउन सकेनन्। खुलेका उद्योग नफस्टाएपछि नयाँ उद्योग खुल्ने कुरै भएन।

मधेसमा घोषित एकमात्र औधोगिक क्षेत्र सप्तरीको राजबिराजमा छ। तर, दुःखको कुरा के भने यहाँ एकमात्र उद्योग सञ्चालनमा छ र अरु ४ वटा उद्योग खुल्ने तरखरमा त छन् तर बातावरण अझै अनुकुल नबनेको उद्योगीहरु बताईरहेका छन् । उधोगीहरुको भनाईमा औधोगिक क्षेत्रमा अपेक्षाकृत उद्योग नखुल्नुको कारण पनि बन्दहड्ताल र चन्दा आतकं नै मुख्य वाधक हुन्। भित्रभित्रै चलिरहेको सशस्त्र समूहका अपहरणको धम्कि आतंक पनि यहाँ उद्योग नखुल्नुको अर्को कारण हो।

रेलमार्गबाट भारतसँग जोडिएको मधेस प्रदेश मात्रै हो। राजविराज, जनकपुर र सिमरामा विमानस्थल छन्। निजगढमा मुलुककै दोश्रो अन्तर्राष्ट्यि विमानस्थल निर्माण गर्ने महत्वकाक्षीं योजना सरकारको थियो । यस बिषयमा किन कोही उमेदवार बोलिरहेका छैनन् ?

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न पूर्वपश्चिम राजमार्गले मधेसका सबैजसो जिल्ला छोएको छ। निर्माणाधीन दक्षिण–उत्तर निजगढ–काठमाडौं फास्ट ट्याक अन्तर्गत ७६.२ किलोमिटर सडकको माध्यमबाट मधेस राजधानीसँग जोडिदैछ। यसले बजारीकरण र वितरण प्रणालीमा थप सहजता ल्याउने छ। निर्माणाधीन हुलाकी राजमार्ग पनि मधेसका लागि बरदान सावित हुनेवाला छ। मधेसका उमेदवारहरु यस बिषयमा तैँचुप मैचुप छन् ।

रेलमार्गबाट भारतसँग जोडिएको मधेस प्रदेश मात्रै हो। राजविराज, जनकपुर र सिमरामा विमानस्थल छन्। निजगढमा मुलुककै दोश्रो अन्तर्राष्ट्यि विमानस्थल निर्माण गर्ने महत्वकाक्षीं योजना सरकारको थियो । यस बिषयमा किन कोही उमेदवार बोलिरहेका छैनन् ? उद्योग धन्दा फस्टाउन आवश्यक सबै सुविधा हुँदाहुँदै पनि खुलेका उद्योग फस्टाउने र नयाँ उद्योग खुल्ने राजनीतिक र सामाजिक वातावरण सिर्जना गर्ने प्रतिबधता न उमेदवारले गरेकाछन् न तिनका पार्टीका घोषणापत्रले ।

सडक सञ्जाल, रेलमार्ग र विमानस्थलले उद्योगधन्दालाई मात्रै होइन, कृषि र कृषिजन्य उद्योगधन्दा पनि फस्टाउने छ। धान र उखुका लागि मधेस उर्बर मानिन्छ। सुनकोशी मरिन कमला डाईभर्सन सञ्चालनमा आएपछि बजारको पहुँच र जनशक्तिको उपलब्धताका कारण कृषिमा विविधता र कृषिमा आधारित उद्योग विकाशको सम्भावना प्रशस्त देखिन्छ। खाँचो त ईच्छा शक्तिको छ। जिम्मेवारवोध भएको राजनीतिक नेतृत्वको छ र यस पटकको आम निर्वाचनमा प्रदेश र सँघको सांसदमा उठेका उमेदवारहरुको योजनामा यस बिषयमा के योजना छ ? मधेसका मतदाताले आफ्ना क्षेत्रका उमेदवारहरुबाट यसको जवाफ पाईरहेका छैनन् ।

निर्विकल्प धार्मिक पर्यटन

पर्यटनका लागि पनि मधेस उम्दा छ। विविध भाषासंस्कृति छन्। सीताको जन्मभूमी जनकपुरधाम, धनुषाधाम, गढिमाई, सिम्रौनगढ, सिरहाको सहलेस फूलबारी, सर्लाहीको नाढीमन, सप्तरीको छिन्नमस्ता आदीलाई धार्मिक पर्यटनका रूपमा विकाश गर्न सकिन्छ। उमेदवारवाट मतदाताले जान्न चाहेको मधेसको धार्मिक पर्यटनको विकासको बिषयमा पनि हो ।

त्यसमाथि पर्सा वन्यजन्तु आरक्षण केन्द्र र चितवन राष्ट्यि निकुञ्जको केही भू–भाग पनि मधेसमा पर्दछ। त्यसैले मधेस पर्यटन विकाशका प्रचुर सम्भावना भएको प्रदेश हो। धार्मिक पर्यटनले प्रदेशको अनुहार फेरिन सक्छ। मधेस छिमेकी देश भारतका धार्मिक पर्यटकको प्रमुख गन्तव्य बन्न सक्छ। पर्यटन बिकासका लागि उमेदवारहरुको योजना के के होलान ? मतदाता जान्न खोजिरहेका छन् ।

व्यापारिक र राजश्व संकलनका हिसाबले मधेस मुलुकको केन्द्र हो। नेपाल–भारत सीमावर्ती नाका वीरगञ्जबाट देशकै कूल आयातमध्ये ३५ प्रतिशत मालसामान र कच्चापदार्थ भित्रिन्छ। वीरगञ्ज भन्सारबाट प्रत्येक आर्थिक बर्षमा ३३ प्रतिशत बढि राजश्व संकलन हुँदै आएको सरकारी तथ्यांकले बताउँछ । सुखा बन्दरगाह र देशको पहिलो एकीकृत भन्सार चौकी पनि वीरगञ्ज मै पर्छ।

सबै हिसावले सम्भावना बोकेको मधेसको विकाश भने कछुवा गतिमा घिस्रिरहेको छ। मधेस सरकारले गएको आर्थिक वर्षको पहिलो चौमासिक पूँजीगत बजेटको ५ प्रतिशत पनि खर्च गर्ननसक्नु यसको ज्वलन्त उदहारण हो।

५४ लाख ४ हजार चानचुन जनसंख्या रहेको मधेस प्रदेशमा गरिबी २८ प्रतिशत छ। ४१ प्रतिशत साक्षर छन् भने अझै पनि बिधुतको पहुँच ५९ प्रतिशत मात्र छ। खानेपानीको पहुँच ९२ प्रतिशतमा पुगेको देखिन्छ। यि तथ्याकंहरुले यसअघि जितेका सांसदहरुलाई गिज्याईरहेको छ । शासनसतमा पुगेका दलका नेताहरुलाई खिसिटिउरी गरिरहेको छ ।

यस प्रदेशमा पर्ने ८ जिल्लामा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरि १ सय ३६ स्थानीय तहअन्तर्गत १ हजार २ सय ७१ वडा छन्, जसले स्वयत्ता पाएर पनि आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिरहेका छैनन्। समग्र मधेस प्रदेशको बिकास भन्दा पनि सबैको ध्यान आर्थिक लाभतिर मात्र केन्द्रीत देखिन्छ।

मधेसमा परम्परागत विकृती, विसंगतीको पारो झन्झन् बढेको छ। बोक्सी, धामीझाँक्रीजस्ता अन्धविश्वास कायमै छन्। दहेज (दाइजो) प्रथा रोकिएको छैन।

महिलाप्रतिको पुरानै दृष्टिकोण यथावत छ। जातीय छुवाछुत र सामाजिक विभेद ज्यूँकात्यूँ छन् । यी तथ्यचित्रले मधेसको कहालीलाग्दो अवस्थाको चित्रण गर्छ ।

केही शासकको मधेसप्रतिको दृष्टिदोषले विगतमा मधेस पछाडि परेको पक्कै हो। मधेसले आफ्नो आत्मश्वाभिमान र अधिकारका लागि गरेका बिद्रोह र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि अघिबढ्ने बेला हो, यो। यस बिषयमा उमेदवारहरुको योजना के के छन् ? मधेसका मतदाताले जान्न खोजेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १३:५९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट