Logo

यस पटक ब्यालेटबाट साइलेन्स रिभोलुशन अर्थात् रक्तपातशुन्य क्रान्ति



‘मानिसहरू कमजोर मनपराउँछन् तर शीर्ष कुकुरहरू पछ्याउँछन्, जे भए पनि कमजोरहरूका लागि लड्नुहोस्’

केन्ट एम कैथको ‘दी प्याराडक्सिकल कमान्डमेन्डस् शीर्षकमा लेखिएको कविताको एउटा हरफ हो, उपर्युक्त उद्धरण। उनको बहुचर्चित पुस्तक ‘मौन क्रान्तिः विद्यार्थी परिषदमा गतिशील नेतृत्व’मा यो कविता प्रकाशित छ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र अनेक तन्त्रका नाममा हाम्रो पुस्ताले प्राप्त गरेको व्यवस्थाप्रति कुनै गुनासो छैन। विज्ञानले पनि उत्परिवर्तनको नियमलाई स्वीकार गरेको छ, धर्मले युगमा अनेक व्यवस्था परिवर्तनको परिकल्पना नगरेको होइन। तर, विज्ञान र धर्मले व्यवस्था भन्दा पनि बढि न्याय र जनतन्त्रको सवाललाई बलियोगरी पैरवी गरेको छ।

धर्मले राजालाई नेताको प्रतीकका रुपमा स्थापित गरेको छ। महाभारतका पात्रहरूको चरित्र गर्दा सत्ता लोभ र न्यायीक विषयलाई उजागर गरेको छ। यसैले त ग्रन्थहरूमा भनिएको छ,‘जो राजा प्रजाको सर्वस्वीकार्य हुँदैन, त्यो राजा बन्नका लागि उपयुक्त पात्र होइन। जसले प्रजाप्रति न्याय गर्न सक्तैन, त्यो कसरी न्यायमूर्ति हुन्छ?’

राजा एउटा बिम्ब हुन्। खास अर्थमा आजको नेपाली राजनीतिक समाजमा यो बिम्ब नेतामा लागू हुन्छ। जो नेता जनताप्रति उत्तरदायी हुँदैन होइन, यो ७ दशकमा हुन सकेन। अझ, ३५ बर्षदेखि त पटक्कै भएका छैनन्, ति कसरी न्यायीक व्यक्ति हुन सक्छन्? तिनलाई कसरी नेता मान्न सकिन्छ? भन्ने प्रश्नमाथि घोत्लिनुपर्छ।

अब ब्लाइन्ड चाल होइन, हेरी–हेरी मत बदल्न आवश्यक छ। हर मतादाता क्रान्तिकारी बन्न जरुरी छ। समाजको तल्लो तहसम्म जकडिएको भ्रष्टाचार, लोकतन्त्रको खोल ओढेकाहरू डुक्रिरहेका छन्। यीनिहरूको सभामा पुग्नुस्, कुरा सुन्नुस्, आश्वासनका पोका पनि खोल्छन् त्यहाँ नि नियाँल्नुस्। अनि आवेगको पारो तताउँदै जब ब्यालेटबक्समा पुग्नुहुन्छ, मौन क्रान्ति गरिदिनुस्। नयाँ पुस्ता, आशलाग्दा व्यक्ति, राजनीतिलाई सफा गर्न निस्किएका आजको पुस्तालाई आफ्नो एक ल्याप्चे दिनुहोस्

परम्परागत राजनीतिक दलमा रहेका युवालाई पनि भनौं– कमजोरहरूको साथ दिऔं, शीर्ष कुकुरहरू पछ्याउन के आवश्यक छ र? तपाईको अवसर, क्षमता र सीपलाई उनीहरूले हतियारका रुपमा प्रयोग गरेका छन््। विद्यार्थी, युवा जे जति संगठन छन् तिनले पनि अब आन्तरिक रुपमा साइलेन्स रिभोलुशन गरेर देखाउने बेला हो, यो।

हामी प्रतिनिधि र प्रदेश सभा निर्वाचको संघारमा छौं। चिनियाँ नेता माओत्सेतुङले रगत बिनाको क्रान्ति हुँदैन भनेका छन्। हामीले बारम्बार मौका दिएका र मूलधारका राजनीतिक दल भनिएका एमाले, कांग्रेस र माओवादी रक्तपातपूर्ण आन्दोलनका स्खलन हुन्। यसकारण यीनले हिंसालाई प्राथमिकतामा त राख्छन् नै, वैचारिक स्खलनबाट जन्मिएको भ्रष्टाचारपूर्ण सत्तालाई अझ दरिलो बनाउने कोशिश गर्छन्।

तर, आधुनिक युग रक्तपातशुन्य क्रान्तिमा प्रवेश गरिसकेको छ। यो प्राविधिक दुनियाँमा हामीले भोगीरहेको समस्याका तत्कालिक जडतिर जाने हो भने विश्व आर्थिक मन्दीको प्रभाव, कोरोनाको महाहिंसा यसका उदाहरण हुन्। यसबाट नेपालीजनले मुक्ति पाइसकेका छैनन्।

हामी जीवनभरी भ्रष्टाचार, दुराचार र व्यभिचारी, स्वार्थी राजनीतिको बन्दी बनेर बस्ने कि यसविरुद्ध ब्यालेटमा नयाँ पुस्ता रोजेर स्वतन्त्र हुने? भनिन्छ, जीन्दगीभरी व्यभिचारको कैदी बन्नुभन्दा मर्नु उचित। यसकारण फलाम तातेको छ, मंसिर ४ गते तपाईको हातले मतको घन बदलेर बजार्नुस्, व्यभिचारीबाट मुक्ति पाउनुस्।

अब ब्लाइन्ड चाल होइन, हेरी–हेरी मत बदल्न आवश्यक छ। हर मतादाता क्रान्तिकारी बन्न जरुरी छ। समाजको तल्लो तहसम्म जकडिएको भ्रष्टाचार, लोकतन्त्रको खोल ओढेकाहरू डुक्रिरहेका छन्। यीनिहरूको सभामा पुग्नुस्, कुरा सुन्नुस्, आश्वासनका पोका पनि खोल्छन् त्यहाँ नि नियाँल्नुस्। अनि आवेगको पारो तताउँदै जब ब्यालेटबक्समा पुग्नुहुन्छ, मौन क्रान्ति गरिदिनुस्। नयाँ पुस्ता, आशलाग्दा व्यक्ति, राजनीतिलाई सफा गर्न निस्किएका आजको पुस्तालाई आफ्नो एक ल्याप्चे दिनुहोस्।

राजनीतिक चेत राख्ने तर मत दिने बेला अचेत भइयो भने तपाईको पुस्ता त त्यसै नै समय बिताउला, छोरा नाती र आगामी पुस्ताको भविष्यलाई ब्ल्याक होल बनाउने छुट पाउनुहुन्छ? यसर्थ मत बदल्नुस्, अब। अहिलेसम्म शासन गरेकाबीचको मतबदल होइन, नयाँ पुस्ताका लागि बदल्नुस्। यसपछि तपाईको निर्वाचन ५ बर्षमा आउने एउटा रंगिन उत्सव साबित हुनेछ

अति कठोर भएर भन्छु– जीवनका ७० बर्षसम्म पुस्ताका पुस्ताले ल्याप्चे लगाउँदा पनि प्रत्येक नागरिकको टाउकोमा झन्डै एक लाख रुपियाँ ऋण थुपारिदिने कथित मूलधारका पार्टीका शीर्ष नेतालाई ठाउँको ठाउँ रोक्नुस्, यीनको आर्यघाटको बाटो खुला हुन्छ, आफैं।

सिटामोलको उचित व्यवस्था गर्न नसक्ने तर क्रान्तिको इतिहासका बाइफाले गफ दिने नेतालाई किन जिताउने? वैदेशिक नीतिमा एकरुपता ल्याउन नसक्ने र विदेशीसामु नै लम्पसार पर्ने नेतालाई जिताएर कतिसमयसम्म लम्पसार पर्ने? राजनीतिलाई पेशा भनी मान्ने नेतालाई जिताएर फेरि धारे हात लाउँदै चियापसलमा, भट्टीमा गफिनुको कुनै अर्थ हुन्छ?

मंसिर ४ गते आम जनमानस, मतदाताले मौन क्रान्तिको निर्णायक मत दिनुछ। स्थानीय चुनावमा सुरु भएको यो मौन क्रान्तिले जसरी बालेन्द्र साहलाई काठमाडौं महानगरको मेयरमा स्थापित गरायो, आम निर्वाचनमा १६५ स्थानसँगै समानुपातिकमा पनि क्रान्किो जग दरिलो बसाउनुछ।

क्रान्तिका नाममा शान्ति सम्झौता गरी संसदीय राजनीतिमा आएको माओवादीलाई जसरी ०६४ मा जनताले पत्याएका थियौं, उसलाई पटक पटक मौका दिँदा यो दुई दशक गुज्रिन लाग्यो। तर केही भएन। रक्तपातपूर्ण क्रान्तिबाट आएको पार्टी क्षतविक्षत हुँदै सत्तामा अलमलियो, एक पटक मौन क्रान्ति गरेर देखाऔं। किनारामा रहेका विकल्पका दल र स्वतन्त्रलाई मत हालेर जिताउँदै एक पटक टेस्ट गरौं त परिवर्तन सम्भव छ कि छैन? अरुलाई ७ दशकसम्म स्वीकार गर्दा रक्तपातशुन्य क्रान्ति गरी ५ बर्षका लागि नयाँ पुस्ताको काम हेरौं न? परिणाम के आउला?

यहि चुनावमा हामीसँग विकल्पका कति अवसर छन्। शेरबहादुरलाई पछार्न सागर ढकाल, प्रचण्डलाई ढाल्न अब्दुस मियाँ, केपीलाई ढाल्न कुनै अर्को विकल्प छ। यस्तै यहि पुस्ताका नेतालाई संसदको यात्रा बन्द गराई प्रधानमन्त्रीको आत्मरतीबाट टाढा राख्नका लागि दलकै रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी लौरो अभियान, स्वतन्त्र उम्मेदवार सिरिन्च, क्रस खुकुरी ढाकाटोपी आदी इत्यादी लिएर मैदानमा छन्। दलीय शासन ढाल्ने कुरा होइन, एमाले, कांग्रेस र माओवादी, राप्रपाभित्रका राम्रा र युवा नेतालाई जिताउनुहोस्। तर जसले सत्तामा पुगेपछि निरन्तर राज्यलाई बलात् करणी गरिरहेका छन् तिनलाई राजनीतिक रुपमा तुलसीको मोठतिर सार्न सकिएन भने, थाप्लामा हात राखेर फेरि ५ बर्ष कुर्लिनुको कुनै अर्थ हुनेछैन।

भारतको नयाँ दिल्लीमा अरबन्दि केजरीवालले भ्रष्टाचारविरोधी आन्दोलन चलाए। उनी राजनीतिमा आउने घोषणा गर्नासाथ त्यहाँका रैथाने दलले उनीविरुद्ध कतिसम्म षडयन्त्र गरेका थिए। तर, जनताले पत्याउँदा उनको अठोटले हार खाएन। नयाँ दिल्लीको मुहार मात्र फेरिएको छैन, युरोपको शिक्षा र रोजगार प्रणालीको बाटोमा लम्किएको छ। नयाँ दिल्लीमा गरेको नयाँ पुस्ताको राजनीतिक तर मौन क्रान्तिबाट जागेको आशा आजको दिनमा पन्जाब, गुजरात हुँदै हिमाञ्चल प्रदेशमा देखिइसकेको छ।

हामीले पनि यहि बेला सुरु नगरे पछि पछुताउनुपर्छ। राजनीतिक चेत राख्ने तर मत दिने बेला अचेत भइयो भने तपाईको पुस्ता त त्यसै नै समय बिताउला, छोरा नाती र आगामी पुस्ताको भविष्यलाई ब्ल्याक होल बनाउने छुट पाउनुहुन्छ? यसर्थ मत बदल्नुस्, अब। अहिलेसम्म शासन गरेकाबीचको मतबदल होइन, नयाँ पुस्ताका लागि बदल्नुस्। यसपछि तपाईको निर्वाचन ५ बर्षमा आउने एउटा रंगिन उत्सव साबित हुनेछ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ११:४०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट