Logo

करीना कपूर खानलाई किन भनिन्छ ‘गसिप क्विन’ ?



काठमाडौं – बलिउडमा करीना कपूर खानलाई ‘गसिप क्विन’ भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । ‘करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन’ उनका नजिकका साथी करण जोहरले भने ।

एक टेलिभिजन शोमा पुगेका करणले भने ‘करीनालाई थाहा नहुने गसिप नै हुदैन, बलिउडको सम्पूर्ण अवस्थाको जानकारी उनलाई हुन्छ ।’ करण र करीना एकदमै मिल्ने साथी हुन् ।

करीना घरमै हुन्छिन् तर उनलाई हरेक गसिपको जानकारी हुने करणले खुलाए । उनी आफ्नो पुरानी साथी काजोलसँग उक्त शोमा गएका थिए । साथै, करणले अक्षय कुमारलाई हेल्थको बारेमा, वरुण धवनलाई सोसल मिडियाको बारेमा र सोनाम कपूर आहुजालाई फेसनको बारेमा धेरै नै ज्ञान रहेको बताउँदै आफू प्रधानमन्त्री बने यी मन्त्रालय जिम्मा लगाउने बताए ।

करणले मात्र होइन, करीनाकै पिता रणधीर कपूर र दिदी करिश्मा कपूरले समेत उनलाई ‘गसिप क्विन’ भनेका छन् । हालै एक शोमा पुगेका रणधीरले करीना र रणवीर कपुरले बलिउडको हरेक खबर राख्ने गरेको बताए । ‘करीना सानैदेखि आफूलाई अपडेट गर्ने गर्छिन्’ रणधीरले शोमा भने । करिश्माले पनि आफूभन्दा करीनानै चतुर रहेको स्वीकार्दै ‘गसिप’ उनीबाट नलुक्ने बताइन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार १५:२३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट