Logo

कंकालिनी मंन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि, ६ सय ७५ राँगाको बली दिइँदै



सप्तरी – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित कंकालिनी मन्दिरमा नेपाली सेनाले मंगलबार आफ्नो हेलिकप्टर मार्फत पुष्पवृष्टि गरेको छ ।

यस मन्दिरमा हरेक बर्ष दशैंको नवमीका दिन राँगाको बलि प्रदान गर्नुअघि एक एक राँगाको संकल्प पूजा गर्ने चलन रहेपानि यस पटक बली प्रदान हुने राँगाको संख्या बढी भएकाले सामूहिक रूपमा संकल्प पूजा गरिएको हो । जसलाई महासंकल्प पूजा भनिएको छ । महासंकल्प पूजाकै अवसर पारेर मंगलबार बिहान हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको मन्दिर समितिले जनाएको छ ।

दशैंको नवमी तिथिका दिन यस मन्दिरमा राँगाको बली प्रदान गर्ने चलन छ। यो मन्दिरमा यस पटक ६७५ राँगा बली प्रदानका लागि दर्ता भएको मन्दिर समितिले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार १४:५०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट