Logo

कस्तो रहला आगामी तीन दिनको ‘मौसम’ ?



हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर  आंशिक देखी सामान्य बदली रहेको छ।

 २०७९ असोज १६ गते (आईतबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 २०७९ असोज १७ गते (सोमबार)

दिउँसो :  प्रदेश १, मधेश प्रदेश, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  राती: प्रदेश १, मधेश प्रदेश, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ असोज १८ गते (मंगलबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  राती: देशभर सामान्य बदली रही प्रदेश १, मधेश,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती,   र लुम्बिनी प्रदेशहरूका एक-दुई स्थानमा भारि वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार ०७:२१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट