Logo

गुडिरहेको बसमा आगलागी, यात्रुहरुले भागेर जोगाए ज्यान



काठ्माडौंबाट यात्रु बोकेर खोटाङ जाँदै गरेको बसमा आगलागी भएको छ ।

काठ्माडौंबाट यात्रु लिएर दिक्तेल जाँदै गरेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बसमा एक्कासी आगलागी सुरु भएको थियो । बसमा आगलागी सुरु भएपछि यात्रुले भागेर ज्यान जोगाएका छन् ।

दशैंतिहार मनाउन घर फर्किएका करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । गुड्दागुड्दै बसमा आगो बल्न सुरु भएपछि यात्रुको भागाभाग भएको थियो । दशैंतिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको भन्दै घटनास्थलमा यात्रुको रुवाबासी छ । घट्नास्थलमा प्रहरीचौकी च्यास्मीटारका प्रहरीको टोली पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १९:२६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट