Logo

दसैंको बन्दअघि नेप्से १६ अंकले बढ्यो



काठमाडौं – सेयर बजार लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको छ ।

जीवन बीमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर भने उच्च अंकले वृद्धि भएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य बढेको छ ।

बुधबार ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्स्युरेन्स कर्पोरेसनको प्रमोटर सेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको सेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १६:४१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट