Logo

विश्वभर धमाका मच्चाउदै फिल्म ‘प्रेम गीत ३’, हालसम्म कति कमायो ?



काठमाडौं – अभिनेता प्रदीप खड्का अभिनित फिल्म प्रेम गीत ३ अहिले नेपाल र भारतका हलहरुमा प्रदर्शनमा आइरहेको छ । देशभर शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमा नै राम्रो कमाई गर्न सफल भएको छ ।

देशभरका डेढ सय पर्दाबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिन दुई करोड ५० हजार कमाई गर्यो । नेपालमा सुरुवाती तीन दिनमा ५ करोड २० लाख रुपैयाँ कमाइ गरेको छ । चलचित्र विकास बोर्डले चाहिं सोमबार बेलुकासम्म नेपाली संस्करणले देशव्यापी ३ करोड ७६ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ ।

यस्तैै हिन्दी संस्करणबाट ९२ लाख भारु अर्थात् झन्डै डेढ करोड कमाई गरेको छ । जसअनुसार यस फिल्मको हिन्दी र नेपाली संस्करणको कुल कमाइ करिब साढे चार करोड रुपैयाँ हुन आउँछ । फिल्मले विश्वभरबाट १७ करोड भन्दा बढी कमाइ भएको जनाइएको छ ।

फिल्ममा प्रदिप खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । साङ्गीतिक प्रेम कथामा निर्माण भएको “प्रेम गीत ३” “प्रेम गीत” चलचित्रको निरन्तर सिरिज हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार २१:४६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट