Logo

भारतमा धमाका मच्चाउदै फिल्म ‘प्रेम गीत ३’, हालसम्म कति कमायो ?



काठमाडौं – अभिनेता प्रदीप खड्का अभिनित फिल्म प्रेम गीत ३ अहिले नेपाल र भारतका हलहरुमा प्रदर्शनमा आइरहेको छ । देशभर शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमा नै राम्रो कमाई गर्न सफल भएको छ ।

देशभरका डेढ सय पर्दाबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिन दुई करोड ५० हजार कमाई गर्यो । हिन्दी संस्करणबाट ९२ लाख भारु अर्थात् झन्डै डेढ करोड कमाई गरेको छ । यस्तै शनिवार पनि यस फिल्मले धमाकेदार कमाई गरेको वितरकहरुले बताएका छन् ।

यस्तै यो फिल्म नेपा र भारत बाहेक अन्य देशमा पनि प्रदर्शनमा आएको छ । फिल्मले विश्वभरबाट भारू ४ करोड ८४ लाख अर्थात नेपाली ७ करोड ७५ लाख बढी कमाएको बताइएको छ ।

फिल्ममा प्रदिप खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । साङ्गीतिक प्रेम कथामा निर्माण भएको “प्रेम गीत ३” “प्रेम गीत” चलचित्रको निरन्तर सिरिज हो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १५:२६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट