Logo

नागरिकता विधेयक- राष्ट्रपतिविरुद्धको रिटमा आज सुनुवाई हुँदै



काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुँदैछ ।

राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा ५ वटा रिट दर्ता भएका छन् ।

अधिवक्ता सुनील रञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास भएको नागारिकता विधेयक राष्ट्रपतिले समयसिमा सकिने बेलासम्म पनि प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरण गर्नुपर्ने परमादेश माग्दै अदालतमा रिट दर्ता भएको हो ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ०७:४३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट