Logo

बैंकका कारण उत्पादन क्षेत्रलाई दुख भयो, म केही कदम चाल्छु- अर्थमन्त्री शर्मा



अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर उत्पादन क्षेत्रलाई बाधा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पहिलो नाडा ईभी एक्स्पोको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बैंकले निक्षेपमा १३÷१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा पुगेको बताएका हुन् ।

ब्याजकै कारण पैसा बैंकमा राख्ने कामले उत्पादनशिल काममा लगानी हुन नसकेको उनको भनाई छ । उनले बैंकका प्रतिनिधि, उद्योगी र अर्थ मन्त्रालय माताहतका निकायलाई समेत राखेर यसको बारेमा छिटै छलफल गरेर निष्कर्ष निकाल्ने धारणा राखे ।

उनले अर्थतन्त्रलाई बलियो बनाउन आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउनतर्फ सबै लाग्नुपर्ने बताएका छन् । अर्थमन्त्री जनार्दन ईभी एक्स्पो नाडाको मात्रै नभई देशकै भएको बताए । उनले नेपालमा विद्युतीय गाडी प्रवद्र्धन गर्ने सरकारको नीतिबाट पछि नहट्ने समेत स्पष्ट पारे ।

अर्थमन्त्री शर्माले सरकारले निश्चित अवधिपछि विद्युतीय सवारी चल्ने मात्रै व्यवस्था गर्न लागेको उल्लेख गरे । पेट्रोलियम पदार्थबाट चल्ने सवारी कहिले रोक्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी दिंदै उनले  पेट्रोलियम पदार्थ खरिदका लागि खर्च हुने रकमलाई न्युनिकरण गर्नुपर्ने उल्लेख गरे ।

बिहिबारबाट काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो । नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलो पटक भएको हो । एक्स्पोमा ५१ वटा स्टल रहेका छन् ।

 

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १९:२१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट