Logo

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिटको चाङ: प्रमाणीकरण गर्न परमादेश मागिएको रिटमा भोलि सुनुवाई



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण  नगरेपछि उनीविरुद्ध सर्वोच्च अदालतमा रिटको चाङ लागेको छ ।

बिहीबार भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

उनीविरुद्धको रिटमा भोलि सुनुवाई हुने भएको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

उनीविरुद्ध ठाउँठाउँमा प्रदर्शन भइरहेको छ ।

त्यस्तै गठबन्धनले यसलाई चुनावी मुद्दा बनाउने तयारी गरेको छ ।

शीर्ष तहका नेताहरुले उनको राजीनामा माग गरेका छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १८:२७

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट