Logo

राष्ट्रपतिले आज नागरिकता विधेयक प्रमाणीकरण नगरे के हुन्छ ? यी हुन् दुई विकल्प



काठमाडौँ । संसदको दुवै सदनबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको आज १५ दिन भएको छ ।

तर अहिलेसम्म भण्डारीले प्रमाणीकरण गरेकी छैनन् ।

आज अन्तिम दिन पनि उनले सो कदम अगाडी नबढाएका कारण अबको विकल्प के होला भन्ने चासो सबैतिर व्याप्त भएको छ ।

उनले प्रमाणीकरण गर्ने या नगर्ने भन्ने विषयमा राजनीतिक परामर्श गरिरहेकी छन् ।

त्यसो त उनी सरकारसँग सन्तुष्टि छैनन् त्यसकारण उनले प्रमाणीकरण नगर्ने हो कि भन्ने शंका पनि उत्पन्न भएको छ ।

प्रमाणीकरण गर्ने आज राती १२ बजेसम्म समय छ। उनले त्यतिबेलासम्म प्रमाणीकरण जसरी पनि गर्ने कतिपय नेताहरुको बुझाइ रहेको छ ।

केही न्यायाधीशहरुले राष्ट्रपतिले जसरी पनि नागरिकता विधेयक प्रमाणीकरण गर्ने पर्ने र यसमा अन्य कुनै पनि विकल्प नरहेको बताउँछन् ।

राष्ट्रपतिले संसदको दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण गर्ने इच्छा नदेखाए आफूले राजीनामा गरेर बस्नुपर्ने हुन सक्छ ।

संविधानअनुसार संसद्‌ले पास गरेर पठाएको विधेयक राष्ट्रपतिले फिर्ता गर्न पाउने छैनन् ।

उनले योभन्दा अगाडी प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पास भएर आएको विधेयक पुनर्विचार गर्नुपर्ने भन्दै संसदमा नै फिर्ता पठाएकी थिइन् । उनको मागलाई बेवास्ता गर्दै देउवाले जस्ताको तस्तै फेरी प्रमाणीकरण गर्न भण्डारीसमक्ष पुर्याएका थिए ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १८:३४

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट