Logo

७औं ‘म्यानेजमेन्ट एण्ड आईटी एजुकेशन’ फेयरको तयारी पुरा



युनिभर्शल थर्ट कन्सल्ट (युटीसी) प्रिजेनट्स् अर्किड इन्टरनेस्नल कलेज ‘७औं ‘म्यानेजमेन्ट एण्ड आईटी एजुकेशन’ फेयर २०२२’ को तयारी पुरा भएको छ । जसमा टाइटल स्पाेन्सरका रूपमा अर्किड ईन्टरनेस्नल कलेज, मेन स्पाेन्सरमा प्रिसिडेन्टल बिजनेस स्कुल र IIMS कलेज हुनेछन् ।

कार्यक्रममा ट्रिनिटी ईन्टरनेसनल कलेज, किष्ट कलेज र गाेल्डेनगेट ईन्टरनेसनल कलेज इन एसोसिएसन विथमा रहेका छन्। त्यसैगरी पावर वाईका रूपमा मिड भ्याली ईन्टरनेसनल कलेज ,नेसनल कलेज, एभरेष्ट कलेज र टेक्सस् ईन्टरनेसनल कलेज हुनेछन् ।

फेयर यही भदाै १७ गते न्यू बानेश्वरकाे एभरेष्ट हाेटलमा आयोजना हुँदैछ । उक्त शैक्षिक मेलाको अर्गनाइजमा युनिभर्शल थर्ट कन्सल्ट, ईभेन्ट म्यानेजमेन्टको रूपमा इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रा.लि. हुनेछ । स्पाेन्सर बाईमा एकेडेमी अफ कलिनरी आर्ट्स, मेधाबी कलेज, मल्पी ईन्टरनेसनल कलेज, कलेज अफ बिजनेस म्यानेजमेन्ट, इम्पेरियल बिजनेस कलेज, हुनेछन् ।

सपाेर्टेड बाईमा सिसिए फर एसिसिए, नेसनल कलेज अफ कम्प्यटर स्टडिज , युनिभर्सल कलेज, फिनिक्स कलेज, सायम कलेज, लड वुद्ध एजुकेशन फाउन्डेसन, आदिम नेसनल कलेज, सन वे कलेज काठमाडौं, अपाेलाे इन्टरनेसनल कलेज, एसियन कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, काठमाडौं माेडल कलेज, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड ईन्फरमेसन टेक्नोलोजी,के एण्ड के ईन्टरनेसनल कलेज, पाटन कलेज फर प्राेफेशनल स्टडिज, कामाद कलेज, रिट्ज कलेज, साउथवेस्टन कलेज, र गेटवे कलेज लगायतका शैक्षिक संघसंस्थाहरू यसमा आबद्द हुने युनिभर्शल थर्ट कन्सल्ट युटीसीका डाइरेक्टर प्रकाश ढकालले पत्रकार सम्मेलनमा बताए ।

फेयरका बारेमा ढकालले करियर पार्टनरका रूपमा युटीसीले सधै बेटर गाइडलाइन दिने र उत्कृष्ट शैक्षिक संस्थाहरूसंग विद्यार्थीहरूलाई भेट्ने अवसर मिलाउने बताए । युटीसीका म्यानेजिङ्ग डाक्टर राजेश पुडासैनीले फेयरको बारेमा बोल्दै  उच्च शिक्षा हासिल गर्न चाहने र स्कलरसीप संगै राम्रो कलेजकाे खाेजिमा +२ सकि बसेका अथवा राम्रो युनिभर्सिटीका खाेजिमा बसेका विद्यार्थीहरूलाई युनिभर्सिटीबारे जान्न, बुझ्न र परामर्श लिन विद्यार्थी भाइ वहिनिलाई आफ्नाे प्यारेन्स संग फेयरमा आई परामर्श लिन आग्रह गरे ।

मेनेजमेन्ट र आइटी कोर्सहरूमा BBA, BBS, BIM, BHM, BBM, BSC. CSIT/BIT, BTTM, BCA लगायतका काेर्सहरू नेपालमै वसि राम्रो युनिभर्सिटी र कलेजमा पढन् चाहने विद्यार्थीहरुलाई यो सुवर्ण अवसर हो । यस मेलामा स्कलरसीप, लाेकल र फरेन युनिभर्सिटीहरूको शैक्षिक कार्यक्रम राम्ररी बुझ्न, परामर्श लिन, र फेयरमा थुप्रै शैक्षिक संस्था हरूसंग थप जानकारी लिई भरपुर रूपमा फेयरबाट लाभान्वित हुन विद्यार्थी र अविभाबकलाई आह्वानसमेत गरिएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १३:२३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट