Logo

बालेन नेतृत्वको टोलीले खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)



काठमाडौं – काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो ।

भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो ।

सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ । सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १६:२१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट