Logo

कर्णाली प्रदेश सरकारद्वारा छानबिन समिति गठन



कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ ।

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून सचिव, जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक÷एक अधिकृत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक सदस्य रहेका छन् ।

उक्त समितिलाई घटनाको यथार्थ विवरणसहितको प्रतिवेदन ल्याउन सात दिनको समयसीमा दिइएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछाने मृत्यु घटनाका आरोपित कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ । लामिछानेका आफन्तले वन कार्यालयका चारजना कर्मचारीविरुद्व किटानी जाहेरी निवेदन दिएका छन् । जसमा सहायक वन अधिकृत, फरेष्टर, दुई वन रक्षक रहेका छन् ।

वन कार्यालयका कर्मचारीले कार्यालय प्रमुखको आदेश अनुसार सालको रुख काट्दै गरेका लामिछानेलाई लिएर वन कार्यालयमा बुझाएको तर उनको मृत्युमा आफुहरुको कुनै कसुर नभएको बताएका छन् । कर्तव्य पालना गर्दा बिहीबारदेखि नै पक्राउ पूर्जी र उजुरी विना प्रहरी हिरासतमा राख्दा मनोबल गिरेको र आफूहरु अन्यायमा पारेको उनीहरुले गुनासो गरेका छन् ।

कर्मचारीले लामिछानेलाई बिहीबार वन कार्यालय पु¥याएर इजलास कक्षमा राखेको समयमा बेलुका ५ः१० बजे झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा भेटिएको थियो ।

 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार २१:२७

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट