Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, कोको छन् सहभागी ?



सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता बैठकमा सहभागी रहेको प्रेस संयोजक गोविन्द परियारले बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समजावादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । बैठकमा राजनीतिक एवं समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको विषयमा छलफल हुँदै आएको छ ।

 

 

 

सत्ता गठबन्धन

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १८:४८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट