Logo

लाल सिंह चढ्ढाः स्वदेशमा विरोध हुँदा कमाई कम, विदेशमा हिट



मुम्बई – आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन ।

आमिर यो फिल्मका लागि पछिल्लो चार वर्षयता तयारीमा थिए । यो फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ उनीप्रति दर्शक आक्रोशित भए । रोचक कुरा के छ भने यो फिल्मको भारतमा जति विरोध भइरहेको छ, विदेशमा भने फिल्मले उति नै प्रशंसा पाइरहेको छ ।

फिल्मले भारतमा मन्द व्यापार गरिरहे पनि यसले विस्तारै पिकअप लिनेमा फिल्मकर्मी आशावादी छन् । सुरुवाती दिनको तुलनामा पछिल्लो समयमा फिल्मको व्यापारिक आंकडा बढ्दै गएको छ । फिल्मले भारतमा पहिलो दिनमा ११ करोड ७० लाख, दोस्रो दिन सात करोड २६ लाख र तेस्रो दिन नौ करोडको व्यापार गरेको थियो ।

फिल्मले ओभरसिजमा पहिलो दिन ८ दशमलब २० करोड, दोस्रो दिन १३ दशमलब ४० करोड, तेस्रो दिन ९ दशमलब ४० करोड र चौथो दिन १३ दशमलब २५ करोडको कमाइ गरेको थियो । यो आंकडाअनुसार फिल्मले विदेशमा करिब ४३ दशमलब २५ करोडको व्यापार गरिसकेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १५:१५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट