Logo

अमिर खानसँग एउटै फिल्मबाट किन अघाए दर्शील ? भन्छन् – अब देखि उनीसँग काम माग्दिनँ



एजेन्सी – १५ वर्षअघि रिलिज फिल्म ‘तारे जमिन पर’ लाई दर्शकले निकै मनपराएका थिए । बिरामीसँग जुधिरहेको एक बालकको भावनात्मक यात्राले जोकोही दर्शकलाई भावुक बनाएको थियो । सन् २००७ मा रिलिज यो फिल्ममा इसान अवस्थी नामको बच्चाको भूमिका दर्शील सफारीले निभाएका थिए । उनको चरित्रलाई दर्शकले धेरै माया गरेका थिए ।

यो फिल्मपछि दर्शीलले अभिनयबाट ब्रेक लिए र उनी लामो समयदेखि पर्दा बाहिर नै रहे । अब भने उनी फिल्ममा फर्कने तयारीमा छन् । हालैको एक अन्तरवार्तामा उनले आफूले पढाई र कलेज जीवनको मजा लिइरहेकोले क्यामरालाई मिस गरेको बताएका थिए ।

उनले आफू फिल्ममा फर्किए पनि अभिनयका लागि आमिर खानसँग काम नमाग्ने खुलासा गरेका छन् । भलै दर्शीलले आमिरकै फिल्म ‘तारे जमिन पर’बाट बलिउडमा पाइला चालेका हुन् । ‘म आमिर खानसँग काम माग्दिनँ । मलाई काम माग्दा लाज लाग्छ । किनकी काम माग्ने होइन, कमाउने हो । काम माग्नु भनेको छिटो बाटो अपनाउनु हो, म छिटोबाटो भन्दा पनि लामो बाटो हिँड्न मनपराउँछु’, उनले भनेका छन् ।

दर्शीलले आफू बलिउडमा कमव्याकका लागि तयार भए पनि कहिलेसम्म कमव्याक हुने भन्ने केही खुलाएका छैनन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १०:५३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट