काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी प्रतिनिधिसभा चुनावमा संसद पदमा लड्ने तयारी गरेका छन् ।
हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठले त्यसबाट राजीनामा दिएर प्रतिनिधिसभामा लड्ने तयारी गरेको उनीनिकटका नेताहरुले बताएका छन् ।
उनी गोरखाको क्षेत्र नम्बर २ बाट गठबन्धनको तर्फबाट चुनाव लड्नेछन् ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित भएका थिए ।
प्रतिक्रिया