Logo

देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु



काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ ।पछिल्लो २४ घण्टामा ३७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १७:४०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट