Logo

माधव नेपालमाथि ओलीको कडा व्यंग्य – माधवको कुनै गन्तव्य छैन, मात्र करबटे बदल्ते रहे सारे रात हम जस्तो छ



काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन् ।

शुक्रबार एमालेको कार्यशाला गोष्ठीमा ओलीले प्रमुख नेताहरूप्रति कडा आलोचना गरेका हुन् । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए । ‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’ ओलीले भने ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १३:५२

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट